युनिक होटलमा सुकु मृत्यु प्रकरण: अझै खुलेन रहस्य

नियन्त्रणमा रहेका ५ जना तारिखमा छुटे

पाेखरा | मंसिर १८, २०८०

युनिक होटलमा सुकु मृत्यु प्रकरण: अझै खुलेन रहस्य

पोखरा:   यही मंसिर ५ गते पोखरा ८ नागढुङ्गास्थित युनिक होटलको कोठामा मृत भेटिएकी ३८ वर्षीय सुक विक प्रकरणको अनुसन्धान कास्की प्रहरीले जारी राखेको छ ।​ यद्यपी कुनै पनि रहस्य नखुलेको बताएको छ । अनुसन्धानका लागि नियन्त्रणमा रहेका ५ जनालाई तारिखमा छाडिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीले सुकु मृत भेटिएपछि युनिक होटलका सञ्चालक, शिला रेष्टुरेन्टका सञ्चालक लगायत अन्य संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो । 

 

अहिले उनीहरुलाई तारिखमा छाडिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले उक्त घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार नियन्त्रणमा रहेका सबैजनालाई आवश्यक परेको खण्डमा उपस्थित हुनेछन् । 

 

उनले सुकुको परिवारले कुनै पनि किटानी जोहेरी नदिएको बताउदै घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

 

होटल सञ्चालकले कास्की प्रहरीलाई दिएको बयान अनुसार ति महिला आफैले केटाको नाममा कोठा बुक गरेकी थिइन् ।

 

विगत केही वर्षयता नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी सुकु मंसिर ५ गते दिउँसो साथीलाई भेट्न जान्छु भनेर रेष्टुरेन्टबाट निस्किएकी थिइन् । त्यसको बेलुकीपख कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् । 

 

केटाको नाममा कोठा बुक भएको भनिएतापनि कुनै पुरुषको संलग्नता रहे नरहेको पुष्टि भएको छैन । 

 

कास्की प्रहरीका अनुसार सो होटलमा सिसिटिभी जडान नभएकै कारण अनुसन्धानमा थप कसरत गर्नुपरेको बताएको छ । 

 

तनहुँको भिमाद नगरपालिका घर भएकी सुकु विकले केही वर्षयता पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।
 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्